असोज १ बाट सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा

असोज १ बाट सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा

file

काठमाडौँ
६ महिनासम्म सरकारले कुनै विकल्प नदिएको भन्दै यातायात व्यवसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् ।
यसबारे औपचारिक निर्णय बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिनुभयो ।
बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलमा महासंघसहित यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले सरकारलाई सार्वजनिक सवारी साधन सञ्चालन गर्न लागिएकोबारे जानकारी दिएको अधिकारीले बताउनुभयो ।
६ महिनासम्म सार्वजनिक सवारीसाधन ग्यारेज र बसपार्कमा थन्किदा पनि सरकारले विकल्प दिएन, अब थेग्ने अवस्था रहेन हामी बिहीबार यसबारे सरकारलाई लिखित जानकारी गराउँछौँ, असोज १ देखि हाम्रा गाडी सडकमा निस्कन्छन्,’ अधिकारीले भन्नुभयो ।
कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरकारले निर्णय नदिएकोमा व्यवसायीको आपत्ति छ ।
यसअतिरिक्त रूट परमिट, नविकरण शुल्क र बीमाबारेसमेत सरकारले निर्णय नदिदा व्यवसायी मर्कामा परेको अधिकारीले बताउनुभयो।
गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।मापदण्ड तोकेर केही दिन छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएपछि लामो दूरीका सवारी साधन पनि सञ्चालनमा आउने आशा गर्दा गर्दै सरकारले निर्णय नदिदा सार्वजनिक यातायातमा निजी क्षेत्रले गरेको करोडौँको लगानी जोखिममा परेको व्यवसायीहरूको गुनासो छ ।

प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij