देशका अधिकांश स्थानमा आगामी तीन दिन वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा आगामी तीन दिन वर्षाको सम्भावना

काठमाडाैं- आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् वरुण पौडेलका अनुसार मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उनले भने, “उक्त अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने गर्दछ, यो मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप हो।”

मनसुन अन्त्य हुने औसत समय सेप्टेम्बर २३ हो । यसलाई हेर्दा नेपालमा मनसुनको समय अब एक साता छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली भई केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव दुई डग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij