काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने ।’
यस सम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उहाले बताउनुभयो ।कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएका थुप्रै केस छन् तर अब सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्