राष्ट्रीय मदरसा संघ नेपालद्वारा प्रहरी निरीक्षक पौडेल लाई सम्मान सहित बिदाई

राष्ट्रीय मदरसा संघ नेपालद्वारा प्रहरी निरीक्षक पौडेल लाई सम्मान सहित बिदाई

कृष्णनगर –कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई एक कार्यक्रम का बिच राष्ट्रीय मदरसा संघ नेपालले सम्मान सहित बिदाई गरेको छ l करीब १६ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै कोरोना भाइरस (कॉभिड -19) महामारीको नियंत्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि ले बताए l प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले प्रहरी निरिक्षक प्रताप पौडेल को कार्य कृष्णनगर मा सराहनीय रहेको , अगामी दिनमा सफल कार्यकालको शुभकामना सहित उत्रोतर प्रगति को कामना सहित आफ्नो मनत्वय राख्नु भयो l
बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर क्षेत्रमा करीब १६ महीना देखि यहाँका जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै , र आफूलाई सम्मान सहित बिदाई गरेकोमा राष्ट्रीय मदरसा संघ नेपाल लगायत उपस्थित सम्पूर्ण लाई धन्यवाद दिएl कार्यक्रम मा बि. ओ. पि. कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की लाई समेत सम्मान गरिएको थियोl
उक्त बिदाई कार्यक्रममा कृष्णनगर नगरपालिका नेकपा नगर अध्यक्ष जावेद आलम खां, साहिद खां, दिनेश चन्द्र गुप्ता, डा. वृजेश, मौलाना असलम मदनी, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, मौलाना लुकमान मदनी, हाफिज मोहम्मद तारिक, मौलाना सउद, शैख अब्दुल, अलिम फैजी, अब्दुल खबिर, अब्दुल नुर, मौलाना कमरे आजम, समिम अहमद लगायत अन्यको उपस्थित रहेको थियोl उक्त कार्यक्रममा खालिद रसिदले उद्घोषकको भुमिका निर्वाह गर्नु भयोl कार्यक्रम भने जामिया सिराजुल उलुम मदरसा को हाल मा सम्पन्न भएको थियोl

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij