असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव

असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव

file photo

काठमाडौं । यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ । विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ ।

व्यवसायीको घुमाउरो असहमति- सरकारले गरेको प्रस्तावमा व्यवसायीहरुले घुमाउरो रुपमा असहमति प्रकट गरेका छन् । उनीहरुले यसबारे थप छलफल हुनुपर्ने भन्दै सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने माग अघि सारेका छन् ।सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम बनाएको छ ।

तर, व्यवसायीहरुले विमानको हकमा यस्तो नियम नभएको भन्दै बसलाई पनि सबै सिटमा यात्रु बोक्न दिनुपर्ने माग गरिरहेका छन् । दशैंको अग्रिम टिकट बुकिङ खुल्नुअघि नै यो माग सम्बोधन हुनुपर्ने अडान व्यवसायीको छ ।सबै सिटमा यात्रु बोक्न दिनुपर्ने माग पुरा नभई अग्रिम टिकट बुकिङ गर्नुको अर्थ नरहेको कुरा विभागमा प्रष्टसँग राखेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका एक पदाधिकारीले बताए । उनका अनुसार विभाग यसबारे भौतिक पूर्वाधार मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा यसबारे जानकारी गराउने बताएको उनले बताए । यही बेला व्यवसायीले सरकारलाई पत्र नै लेखेर आधा सिटमा मात्रै यात्रु बोक्ने निर्णय सच्याउन माग गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, असोज १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij