नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेलाई भिसा दिइने, सात दिन क्वारेन्टिन बासको शर्त

नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेलाई भिसा दिइने, सात दिन क्वारेन्टिन बासको शर्त

काठमाडौं । नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेहरुका लागि सरकारले भिसा दिने निर्णय गरेको छ । यसले नेपाल आउन चाहनेलाई बाटो खुलेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने जनाउँदै तर सात दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रष्ट गरेको छ ।

पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गर्दै मन्त्रालयले विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा लिएको हुनुपर्ने जनाएको छ।

यसैगरी, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्थामा समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्ने जनाइएको छ ।

त्यस्ता विदेशीलाई अध्यागमन विभागले अनअराइभल भिसा दिने व्यवस्था मिलाइएको पनि जनाइएको छ ।

नेपाल आउने सबै पर्यटकले ७२ घण्टा अगाडिको पीसीआर परीक्षण गरेको र रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने, कम्तीमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गरिएको हुनुपर्ने शर्त राखिएको छ ।

सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बीमा गरिएको कागजात हुनुपर्ने छ । क्वारेन्टिनमा बसेका बेला गरिने पीसीआर परीक्षणको खर्च पर्यटकबाटै लिइने पनि जनाइएको छ ।

पदयात्रा र पर्वतारोहणमा जान परीक्षण रिपोर्ट नेगेटिभ हुनै पर्दछ । त्यस बेलासम्म होटलबाट बाहिरिन पाइने छैन ।

पदयात्रा र आरोहण दलमा सँगै जाने सहयोगीको पनि कम्तिमा एक लाख रुपैयाँको कोरोना बीमा गर्नुपर्ने छ ।

प्रकाशित मिति : बुधबार, असोज १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij