बुटवल – प्रदेश ५ सरकारले शुक्रबारको संसद वैठकमा पेश गरेको राजधानी सार्ने प्रस्तावप्रति विरोध जनाउदै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ । उक्त प्रस्ताव संसदमा टेवल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले सडकमा उत्रिएर विरोध जनाएका छन् । पार्टि सभापती अब्दुल रज्जाकद्धारा शुक्रबार जारी गरिएको विज्ञक्तीमा कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिएको उल्लेख छ ।
शेर वहादुर देउवा नेतृत्वको सरकारले विगतमा रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै अव पनि नेकपाका केहि नेताको स्वार्थमा रुपन्देहीवाट राजधानी प्रयासको खिलाव सडक र सदन तताउने विज्ञक्तीमा उल्लेछ ।
कांग्रेस रुपन्देहीको विज्ञक्तीमा पार्टिका आम कार्यकर्ता देखि रुपन्देही तथा छिमेकी जिल्लाका सर्बसाधारणहरुलाई यो आन्दोलनमा सहभागि हुन अपिल गरिएको छ ।
वहुसंख्यक जनताको केन्द्र, पुर्वाधारका हिसावले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णय प्रति कठोर आन्दोलन शुरु भएको कांग्रेसले जनाएको छ । साथै यो आन्दोलनवाट हुने क्षतीको सम्पुर्ण जिम्मेवारी सरकारले लिनु पर्ने समेत विज्ञक्तीमा भनिएको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्