प्रदेश नं५ को राजधानी दाङको सार्ने सरकारको निर्णयपछि नेपाली काँग्रेस सैनामैनाद्धारा विरोध प्रदर्शन

प्रदेश नं५ को राजधानी दाङको सार्ने सरकारको निर्णयपछि नेपाली काँग्रेस सैनामैनाद्धारा विरोध प्रदर्शन

सैनामैना

प्रदेश नं५ को राजधानी दाङको सार्ने सरकारको निर्णयपछि नेपाली काँग्रेस सैनामैनाले विरोध प्रदर्शन गरेको छ ।आजको प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामाकरण निर्धारण सम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाएपछि नेपाली काँग्रेस सैनामैनाले कलौनी चोकमा टायर बालेर नारा जुलुस गरिरहेको छ ।
नेपाली काँग्रेस रुपन्देहीका उपसभापती फणिन्द शर्माले प्रदेश सभाको वैठकमा प्रदेश नं५ का गृहमन्त्रिले राजधानी सार्ने प्रस्ताव टेबुल गरेसँगै विपक्षि दलका नेताहरु र प्रतिपक्षमा रहेका नेताहरुसँग सल्लाह नगरेको प्रति आक्रोश व्यक्त गर्नुभयो । “कार्यसूचिलाई अचानक बदलेर राजधानी सार्ने प्रस्ताव जुन आएको छ त्यसप्रति घोर भत्र्सना गर्दै त्यस प्रस्तावलाई सच्याउन नेपाली काँग्रेसले नेतृत्व गर्ने” उपसभापती शर्र्माले बताउनुभयो ।शर्माले यो आन्दोलन सुरुवात मात्रै भएको बताउँदै यदि यो प्रस्ताव नसच्चिएमा सशक्त रुपमा लाग्ने समेत बताउनुभयो ।

No description available.
शर्माले प्रदेशको राजधानी कुनै पनि हालतमा स्थायी रुपले दाङमा हुन नदिने बताउनुभएको छ ।
शर्माले राजधानीका लागि आवश्यक सबै प्रकारका पुर्वाधारहरु रुपन्देहीमा नै रहेकाले स्थायी राजधानी रुपन्देहीमा नै हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस सैनामैना नगर सभापती रामप्रसाद अधिकारीले अस्थायी राजधानी बुटवलबाट जुन सार्ने कोशिस यो सरकारले गरेको छ यस प्रति नेपाली काँग्रेस लगायत आम जनता मर्माहीत भएका छन् । प्रदेश नं ५ को उपयुक्त स्थानहरु मध्ये रुपन्देही सबैभन्दा अगाडी रहेको र रुपन्देहीको ईतिहासको महत्वसँग जोडिएका धेरै विषयहरु रहेकोले रुपन्देही जिल्ला नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिनुभएको थियो ।

No description available.

दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव गरिएको छ भने नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ ।
बैठकमा प्रस्ताव पेश भए लगत्तै सांसदहरुले आपत्ती जनाएका छन् ।
नाम राजधानी सिफारिस समितिले प्रस्ताब गरेभन्दा फरक र कार्यसूचि पनि एक्कासी ल्याइएको भन्दै नेपाली काग्रेसले असहमती जनाएको नेपाली काँग्रेस रुपंन्दहीले जनाएको छNo description available.

 

प्रकाशित मिति : शुक्रबार, असोज १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij