बुटवलबाट राजधानी सार्ने प्रस्तावप्रति कांग्रेस रुपन्देही प्रदेश सभा क्षेत्रीय समिती रुपन्देही २(१)द्धारा विरोध

बुटवलबाट राजधानी सार्ने प्रस्तावप्रति कांग्रेस रुपन्देही प्रदेश सभा क्षेत्रीय समिती रुपन्देही २(१)द्धारा विरोध

बुटवल
ससदीय मर्यादा  विपरीत बिपक्षी सासद्हरुसग कुनै पनि छलफल नगरी बहुसंख्यक जनताको भावना बिपरित प्रदेश ५ सरकारले शुक्रबारको संसद वैठकमा पेश गरेको राजधानी सार्ने प्रस्तावप्रति विरोध जनाउदै नेपाली कांग्रेस रुपन्देही प्रदेश सभा क्षेत्रीय समिती रुपन्देही  क्षेत्र न २(१)ले ध्यानआकार्षण गराएको छ । नेपाली कांग्रेस रुपन्देही प्रदेश सभा क्षेत्रीय समिती रुपन्देही २१का सभापति माधवलाल देवकोटा ले शुक्रबार जारी गरिएको विज्ञक्तीमा कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिएको उल्लेख छ ।

नेपाली कांग्रेस का सभापति शेर वहादुर देउवा नेतृत्वको सरकारले विगतमा रुपन्देहीलाई अस्थायी राजधानी तोकेको सोही अनुरुप प्रदेशका पूर्वधार समेत निमार्ण भइरहेको अबस्थामा नेकपाका केहि नेताको स्वार्थमा रुपन्देहीवाट बाहिर लैजानेगरी जुन प्रस्ताव पेश गरेको छ यसले बहुसख्यक जनताको भावना कुठारघात गरेको बिज्ञप्ती का उल्लेख गरेको छ ।

कांग्रेस रुपन्देहीको विज्ञक्तीमा ने का पा नेतृत्वको बर्तमान सरकारको यो प्रस्ताव बिरुद्धमा आ आफनो स्थानबाट चरणबद्ध आन्दोलनमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जन समुदाय,पार्टिका आम कार्यकर्तादेखि रुपन्देही तथा छिमेकी जिल्लाका सर्बसाधारणहरुलाई यो अपिल गरिएको छ । वहुसंख्यक जनताको केन्द्र, पुर्वाधारका हिसावले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णय प्रति कठोर आन्दोलन शुरु भएको नेपाली कांग्रेस रुपन्देही प्रदेश सभा क्षेत्रीय समिती रुपन्देही क्षेत्र न २(१)लेजनाएको छ ।

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij