बुटवल,
रुपन्देहीका ९८ सहित प्रदेश ५ मा शनिबार थप १ सय ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीका ९८ जना सहित प्रदेश ५ का जिल्लामा थप १ सय ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश ५ अन्तर्गत रुपन्देहीमा ९८ जना, बाँकेमा १९ जना, बर्दियामा १० जना, पाल्पामा ७ जना, कपिलवस्तु, नलवपरासी र प्युठानमा ६÷६ जना, दाङमा ४ अर्घाखाँची र गुल्मीमा २÷२ जना र रोल्पामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र २ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असोज १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्