बुटवल—लायन्स डिष्ट्रिक ३२५ बि २ नेपाल एरिया ४ को आयोजनामा विश्व दृष्टि दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको छ । विहिवार बुटवलको एक कार्यक्रम गरी मृत्युपरान्त आँखा दान कार्यक्रम गरिएको हो । ५ सय १२ जनाले आँखा दानाको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर एरिया ४ लाई बुझाएका छन । लायन्स ईन्टरनेशनलको अभियान अनुुसार अहिले आखाँको उपचार लगायतका विभिन्न कुरामा जोड दिदै आएको लायन्स डिष्ट्रिक डिर्पाटमेन्ट चिफ –आखा) राजेश खरेलले जानकारी दिए ।
लायन्स एरिया ४ अन्र्तगत भैरहवामा १ सय २ जना ले रणअम्बीका आखा अस्पताल भैरहवामा आखाँ दान प्रतिवद्धता पत्र मा हस्ताक्षर गरेका हुन । यस्तै नवलपरासीमा ९७ जनाले परासी आँखा अस्पतालमा र बुटवल एरियामा २ सय ५३ जनाले बुटवल लायन्स आखाँ अस्पतालमा र बुटवल पश्चिम एरियाका ६० जना लायन्सहरुले मृत्यु परान्त आखाँ दानको घोष्णा पत्रमा हस्ताक्षर गरेको लायन्स एरिया ४ का एरिया चिफ सन्दीप कसौधनले जानकारी दिए । डिष्ट्रिक डिपार्टमेन्ट कोअडीनेटर विना बज्राचार्यका अनुसार लायन्सले अन्धोपना निवारण अभियानलाई सार्थक बनाउनको लागि मृत्यु परान्त आखाँ दान प्रतिवद्धता पत्रमा हस्ताक्षर अभियान चलाईरहेको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्