बुटवल-नेत्रहीन युवा संघ नेपालको आयोजनामा सारिरिक अपाङ्गता भएका व्याक्तिहरुको लागि यौनिकता शिक्षा तालिम प्रदान गरेको छ । १३ बर्ष देखि २५ बर्ष उमेर समूहका शाररिक अपाङ्गता भएका व्याक्तिहरुलाई भर्चअल माध्यमबाट तालिम प्रदानगरिएको हो । तीन दिन सम्म चलेको बृहत यौनिकता शिक्षा तालिममा रिता साही र किसोर आतार्यले सहजीकरण गरेका थिए ।
नेत्रहीन युवा संघ रुपन्देहीको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको अध्यक्ष टिकारमा पौडेलले जानकारी दिए । २५ जना को सहभागिता रहेको तालिम समापन कार्यक्रममा सहभागी रितु खनाल ले सिक्ने विषय बढि रहेकोले अझ वृहत रुपमा आयोजना गर्नुपर्ने धारणा राखिन् । सहभागी मन्जु शाहसी, सुवास गुरुङ, केन्द्रीय कार्यलयका कर्मचारी निरु महर्जन लगायतले आ आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति : बुधबार, असोज २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्