बुटवल ।
सामाजीक कार्यका लागि नमुना बनेको लायन्स क्लव अफ बुटवल बेलबास सिर्जनशील ले दसै तिहार तथा छड पर्वको आज एक कार्यक्रम आयोजन गरी शुभकामना अदान प्रदान गर्नुका साथै क्लबकका नया सदस्यलाई पिन वितरण गरेको छ ।
कोभिड १९का बाबुजुद पनी स्वास्थ्य मापदण्डलाई पूरा गरी बुटवल उपमाहानगरपालिका बडा नम्बर १३को बेलबास चोकमा रहेको नमस्ते पाटीप्यालेसमा शुभकामना तथा पिन वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
क्लबका अध्यक्ष बिमला गैरेको अध्यक्षता भएको कार्यक्रमा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ का जीएमटी कोअर्डिनेटर दीपक श्रेष्ठको र रहेको थियो । लायन्स क्लबका एरिया चिफ सन्दिप कसौधन, वडा नं१३ का वडा सदस्य बेदप्रसाद गैरे, लायन्स क्लबका रिजन चेयर पर्सन शिवलाल उपाध्याय, रिजन चेयर पर्सन, शोभाखर पोखरेल जोन चियर पर्सन ओमकार आचार्यलायन दिपक पन्थी लायन राम प्रसाद भुसाल, लायन विष्णु कुमारी शर्मा ,लायन राजेश गैरे, लायन मधुकला कुवर,लायन मन्दीरा पौडेल लायन मज्जु भटटराइ लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रम मा स्वागत मन्तव्य लायन सिता पौडेलको रहेको थियो भने लायन रुपा कडेल कार्यक्रम सञ्चालन गर्नुर्भको थियो । क्लबले यस वर्ष बृक्षारोपण र बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसन सेन्टरमा बसेका कोरोना संक्रमितका लागि च्यवनप्राश वितरण गरिसकेको साथै रक्तदान कार्यक्रम पनि गरिसकेको क्लबकी अध्यक्ष विमला गैरे जानकारी दिनुभयो ।


प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्