भैरहवा-रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वार्ड नं.८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा भएको आगलागीको क्षति विवरण प्राप्त भएको छ । पम्पको लागि इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा भएको आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर जलेर पूूर्ण रुपमा नष्ट भएको र सो मा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए । सोमबार राती करिब ८ बजे भएको आगलागी सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका,बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको दमकलले संयुक्त रुपमा आगो निभाइसकेको प्रवक्ता खत्रीले बताए ।
प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्