दसैं अवधिमा कस्तो रहला मौसम ? यस्तो छ पूर्वानुमान

दसैं अवधिमा कस्तो रहला मौसम ? यस्तो छ पूर्वानुमान

काठमाडौं – अहिले हाल प्रदेश न १, प्रदेश न २ र बागमती प्रदेशमा आंशिक बदली रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसमी प्रणालीभने छैन ।

तर स्थानीय वायुका कारण कतै कतै हल्का पानी पर्ने सम्भावना भने रहेको मौसमविद्ले अनुमान गरेका छन् । यस्तो छ तीन दिन अर्थात् विजया दशमीसम्मको पूर्वानुमान :-

कार्तिक ०८ गते (शनिबार):
दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १ मा सामान्य बदली तथा बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ०९ गते (आइतबार):
दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक १० गते (सोमबार):
दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij