काठमाण्डौ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय कमिटी बैठक एक महिनापछिका लागि सरेको छ ।
नेकपाको केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति निकालेर यही कात्तिक १५ देखि १७ गतेसम्म बोलाएको बैठक आउँदो मङ्सिर १५ देखि १७ गतेसम्म आयोजना गर्ने तय भएको जानकारी गराउनुभएको हो ।
कोरोना महामारीको बढ्दो प्रकोपका कारण बैठक स्थगित गरेर एक महिनापछिका लागि सारिएको विज्ञप्तिमा उल्लेख छ । आउँदो चैतको अन्तिम हप्ताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्