नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ CTVT लुम्बिनी प्रदेश समिति गठन भएको छ।नेविसंघ केन्द्रको निर्देशन अनुसार सुर्यनारायण बटाला क्षेत्रीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको प्रदेश समितिले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ। समितिमा २ उपाध्यक्ष ,एक सचिव ,२ सह-सचिव ,एक कोषाध्यक्ष र बाकी सदस्य रहेका छन्।नबगठित समितिमा नेविसंघका जुझारु युवा नेता सुरेन्द गुप्ता पनि सदस्यमा चयन भएका छन्। विगत लामो समयदेखि नेविसंघमा आवद्ध गुप्ता वुटवलमा कृयाशिल रहेका छन्।गुप्ताले केही बर्षदेखि बुटवलमा मौलाकालीका मेडिकल फार्मेसी मार्फत विभिन्न बिरामीहरुलाई सेवा पनि दिइरहेका छन्।उनको आवद्धताले सस्थालाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्