काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।
शनिवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । भेटबारे भने प्रष्ट खुलाइएको छैन ।
नेकपा भित्रको विवाद चर्किरहेका बेला प्रधानमन्त्रीको राष्ट्रपतिसँग भेटलाई महत्वका रुपमा हेरिएको छ ।
शुक्रबार नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा अध्यक्ष प्रचण्डले पत्र पेश गरेका थिए । प्रचण्डले पेश गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरुले चर्को आपत्ति जनाइरहेका छन् ।शनिबार दिउँसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग यसबारे बालुवाटारमा छलफल गरेका थिए ।
प्रकाशित मिति : शनिबार, कार्तिक २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्