गिर्वाण संस्कृतमा नमूना मन्टेश्वरी भवन उदघाटन

गिर्वाण संस्कृतमा नमूना मन्टेश्वरी भवन उदघाटन

सरकार जनताको भरोसा अनुसार चलेको छः अर्थमन्त्री पौडल

 

तिलोत्तमा

अर्थमन्त्री विष्णु पौडेलले जनताको भरोसा अनुसार सरकार चलेको बताएका छन् । “जनताले जे आशा र अपेक्षा गरेका थिए, सरकार सोही दिशामा अघि बढेको छ”उनले भने ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको बालमैत्री नमुना मण्टेश्वरी भवनको उदघाटत र छात्रावास भवन निर्माण शुभारम्भ गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले निर्वाचनको घोषणापत्रलाई कार्यान्वयन गर्ने गरी सरकार अघि बढेको पनि दावी गरे । तिनाउ, दानव नदीको किनारमा बन्ने कोरिडोर यस क्षेत्रको आर्थिक, सामाजिक हिसावले महत्वपूर्ण आयोजना हुने उनले बताए । तिनाउ, दानव कोरिडोरको जनस्तर र सञ्चारकर्मीबाट निगरानी गर्न आवश्यक पर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका पौडेलले रुपन्देही साँघुरिदै गएको उल्लेख गर्दै व्यवस्थित शहरीकरणको योजनाका साथ अगाडि बढ्नु पर्ने बताए ।

यस क्षेत्रलाई महानगरको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि सुनौलीदेखि बुटवल, तिनाउ नदी आसपासका पालिका र परासीसम्मको सीमानालाई महानगरको अवधारणामा अगाडि बढाउन सकिने उनको भनाइ छ । महानगरको लागि गुरुयोजना बनाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि सरकारको तर्फबाट आफुले सहयोग पु¥याउने प्रतिवद्धता उनले व्यक्त गरे । तिलोत्तमा नगरपालिकामा बन्ने मेडिकल कलेजको डिपिआरको तयारी भैरहेको बताउंदै २ सय विघा जमिनमा बन्ने मेडिकल कलेज लागतको हिसावले महत्वकांक्षी रहेको बताए । उनले तिलोत्तमाका सबै वडालाई समेटेर तिलोत्तमा चक्रपथ बनाइने र त्यसका लागि चनाखो भएर लाग्न जनप्रतिनिधिलाई अर्थमन्त्रीले आग्रह गरे ।

त्यस अवसरमा उनले गिर्वाण संस्कृति तथा साधारण माविको नमूना मण्टेश्वरी भवनको उदघाटन र छात्रावास भवनको शुभारम्भ गरेका थिए । अर्थमन्त्री पौडेलले विद्यालयको भौतिक पूर्वाधारदेखि हरेक विकासका लागि वजेटको व्यवस्था गर्ने दायित्व जनप्रतिनिधिको भएको बताए । विकासको लागि वजेट माग गर्नु जनताको अधिकार भएको मन्त्री पौडेलको भनाइ छ । गिर्वाण स्कुलको भौतिक र शैक्षिक विकासका लागि सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले केपी ओली नेतृत्वको सरकारले आफ्नो पांँच वर्षे कार्यकाल पूरागर्ने दावी समेत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदारचन्द्र पराजुलीले विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिबारे जानकारी गराएका थिए । उनले नर्सरी, केजी र कक्षा १ को पढाईका लागि निर्माण गरिएको बालमैत्री नमुना मण्टेश्वरी भवनलाई अत्याधुनिक तीन तले बनाउने योजना रहेको र त्यसका लागि वजेटको अभाव रहेकाले तीनै तहका सरकारसँग वजेटको माग गरे । विद्यालयका शिक्षक कृष्ण पोखरेलले सबै क्षेत्रको सहयोगले विद्यालयले भौतिक प्रगतिसँगै शिक्षा क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : बुधबार, मंसिर १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij