जबरजस्ती करणी मुद्दामा दुई प्रहरी जवानलाई कैद सजाय

जबरजस्ती करणी मुद्दामा दुई प्रहरी जवानलाई कैद सजाय

नवलपरासी पश्चिम
जबरजस्ती करणीमा संलग्न भएकोमा दोषी ठहर गर्दे दुई प्रहरीलाई अदालतले कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत पश्चिम नवलपरासीले लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा कार्यरत दाङका २३ वर्षीय पटेश्वरी यादव र डडेलधुराका २५ वर्षीय प्रेम खड्कालाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दे कैद सजायको फैसला सुनाएको हो ।

न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलासले यादवलाई १२ र खड्कालाई ७ वर्षको कैद सजाय हुने फैसला गरेको अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिए । जिल्लाको सुनवलमा घाँसपात गर्न गएका स्थानीय १५ वर्षकी बालिका र १८ वर्षकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनिहरु बिरुद्ध गत वर्षको जेठमा मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : मंगलबार, पुष २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij