बुटवल ।
जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक सर्वेक्षक सुमित चौलागाईं र मनोज थापा घुस रकमसहित पक्राउ परेका छन्। सेवाग्राहीबाट पाँच हजार अतिरिक्त रकम लिएको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ।
उनीहरुलाई रूपन्देहीको कोटहीमाई गाउँपालिका १ बोगडियाबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
उक्त विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
प्रकाशित मिति : शनिबार, माघ १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्