पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण

पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण

 

बुटवल।

नेपाल पत्रकार महासंघको सदस्यता सिफारिस गर्दा कुनै आग्रह पुर्वाग्रह नराखि निष्पक्ष रुपमा सिफारिस गर्न नेपाल प्रेस युनियन रुपन्देहीले आग्रह गरेको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज पत्रकार महासंघ रुपन्देहीमा एक ध्यानाकर्षण पत्र बुझाउदै पत्रकार महासंघको सदस्यता प्राप्तिका लागि आवेदन दिएका आवेदन दिएका महासंघको बिधान बमोजिम सदस्यता प्राप्त गर्न योग्य पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई कुनै आग्रह पुर्वाग्रह बिना निष्पक्ष रुपमा सिफारिस गर्न माग गरेको हो ।

पत्रकार महासंघ रुपन्देहीको यही माघ १२ गते बसेको बैठकले महासंघको नयाँ सदस्यताकालागि सिफरिस गरेको र सदस्यताका लागि आवेदन दिएका कतिपय क्रियाशिल पत्रकारहरुलाई समेत पुर्वाग्रह राखि सिफारिस नगरिएको भन्ने सुन्नमा आएको भन्दै युनियनले महासंघको बैठकको निर्णय सार्वजनिक गर्न माग गरेको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल र सचिब श्यामशंकर पाण्डेद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कुनैखालका पुर्वाग्रह नराखि महासंघको बिधान बमोजिम सदस्यता प्राप्त गर्न योग्य तथा सक्रिय पत्रकारहरुलाई निष्पक्ष रुपमा सदस्यता सिफारिस गर्न माग गर्दै सुन्नमा आए जस्तो योग्य आवेदनकर्तालाई समेत सदस्यताका लागि सिफारिस नगरिए सक्रिय पत्रकारहरुको सदस्यता प्राप्तिकालागि संघर्ष गर्न पछि नपर्ने चेतावनी दिइएको छ ।

यसअघि सल्लाहकार सहित बसेको युनियनको बैठकले महासंघको बिधान बमोजिम सदस्यता प्राप्तिका लागि आवेदन दिएका सदस्यता प्राप्त गर्न योग्य क्रियाशिल पत्रकारहरुलाई कुनै पुर्वाग्रहबीना सदस्यताका लागि सिफारिस गर्न पत्रकार महासंघ रुपन्देहीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij