रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने

रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने

सियारी – रुपन्देहीको सियारी गाउँपालिकामा खर, पराल तथा फुसका छाना भएका घर विस्थापित गरी टिनको छाना भएको घर बनाईने भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आवमा विपन्न परिवारका खर, पराल तथा फुसको छाना भएका घरमा जस्तापाता लगाइने भएको हो ।

यस कार्यक्रमले गरिबीका कारण चुहिने छाना मुनि बस्न बाध्य पालिकावासीहरूले राहत पाउने भएका हुन् । खरको छानामा आगालागीका घटनाहरु हुने भएकाले खरको छाना फेर्ने कार्यक्रम शुरु गरिएको सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । उहाँले भन्नुभयो — “यस कार्यक्रम अन्तर्गत विपन्न प्रति परिवारले ५० हजारको जस्तापाता र फलामको पाईप पाउनेछन् र हामीले गत वर्ष सियारी अवास निर्माण कार्यक्रम अन्तर्गत गाउँपालिकाको लागतमा ११ वटा भवन निर्माण गरि गाउँपालिकाका विपन्न ११ वटा परिवारलाई घर हस्तान्तरण गरेका छौं ।”

Image may contain: 1 person, standing and outdoor

विपन्न परिवारको खरको छाना फालेर टिनका छाना लगाउने काम यस वर्षभित्र गर्नेगरी स्थलगत अनुगमन शुरु गरिएको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो ।  सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत यस आर्थिक वर्षमा २४२ घरपरिवारले जस्तापाता प्राप्त गर्नेछन् । यस्तै घरवास नभएकाहरुलाई यस वर्ष मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत ४, संघिय तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ८ र सियारी आवास कार्यक्रमअन्तर्गत ४ गरि १६ वट घर निर्माणगरी हस्तान्त्रण गर्ने योजना रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
यस्तै सुरक्षित नागरिक आवास कार्यक्रमको आज सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङको नेतृत्वामा स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाको वडा नं. ५ र ६ मा रहेका खरका छाना भएका घरको अनुगमन गरिएको हो । वडा नं. ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल, वडा नं. ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ, कार्यपालिका सदस्यहरु देवकी खरेल, विष्णु कुमारी रायमाझी, गाउँपालिकाका ना.सु शेषनारायण अर्याल लगाएतको टोलिले खर तथा फुसका छाना भएका घरको अनुगमन गर्नु भएको हो ।

Image may contain: 4 people, people standing and outdoor

प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij