सैनामैना-सैनामैना दलित उत्थान समिती सैनामैना द्धारा वडा शाखा विस्तार कार्यक्रम अन्तिम चरणमा पुगेको छ । दलित समुदायको हक,हित र अधिकारहरु स्थापित गर्दै जातिय विभेद बिरुद्ध संगठित रुपमा आवाज उठाउदै वडा शाखा बिस्तार अभियान संञ्चालन गरिरहेको छ ।
सैनामैना दलित उत्थान समिति सैनामैनाको आयोजनामा संचालित वडा शाखा कमिटि विस्तार कार्यक्रम अन्तर्गत ९आज० बुधबार वडा नंं।११ मा शङकर परियारको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको छ ।
सैनामैना ११ जर्लैया कान्छी बजारमा भएको कार्यक्रमबाट टेक बहादुर बिक उपाध्यक्ष, सचिब शान्ति परियार , सोनिका सुनार कोषाध्यक्ष लगाएत रहनुभएको छ ।यस्तै वडा कमिटिमा ३ सदस्यीय सल्लाहकारहरु चयन हुनुभएको छ ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा न १० का वडा अध्यक्ष सुनिल मरासिनीले दलित समुदायका हक अधिकारका लागि राज्यले गर्नु पर्ने दायित्व पूरा गर्न आफु लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
बिगत बाट नै पछाडी पारिएका समुदायहरु यसरी सङगठित भएर अगाडि बढेकोमा खुशी हुँदै अब नवगठित कमिटी सङ्ग वडाले सहकार्य गर्न आतुर रहेको बताउनु भयो ।
सैनामैना नगरपालिका भित्र हुने जातिय विभेदका विरुद्ध तथा दलित समुदायका समस्या न्युनिकरणका साथै हक अधिकारका लागि संगठितरुपमा काम गर्नु पर्ने संस्थाका अध्यक्ष सुरज बरालले बताउनु भयो । उहांले भन्नु भयो “अब सैनामैना नगरभित्र रहेका दलितको जनसंख्या गणना गरि दलित समुदायको हक हित संगै आर्थिक स्तर उकास्नका लागि स्थानिय तह तथा बिभिन्न संघ संस्था संग समन्वय गरि परम्परागत पेशा र कृषि प्रणलीलाई आधुनिक व्यबसायीकता तर्फ लैजाने योजनामा छांै ।” त्यसका लागि सबै संगठित हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा दलित अभियान्ता तथा समितीका सल्लाहकार नर ब। सुनारले “सदियौं बर्ष देखि हेपिएका दलित समुदाय फेरि एक पटक आफनो अधिकारका लागि कुनै पनि पार्टी भन्दा माथी रहेर संगठित हुनु पर्ने कुरामा जोड दिनु भयो । सत्तामा पुग्न दलित समुदायको भोट चल्ने तर व्यबहारमा पानी समेत नचल्ने हुदां त्यसका बिरुद्ध एक जुट हुनु पर्ने बताउनु भयो ।”
वडा शाखा बिस्तार कार्यक्रम अन्तरगत यस अघि नगरको वडा नम्बर १० ,९,८,७,६,५,४,२,१ मा यस अघि नै वडा शाखा बिस्तार कार्यक्रम सम्पन्न भैसकेको छ भने
अब नगरपालिका को वडा न ३ मा मात्र शाखा कमिटी बिस्तार हुन बाकी रहेको संस्थाका महासचिब सन्तोष परियारले जानकारी दिनु भयो । कार्यक्रम सुरज बरालको अध्यक्षता ,सस्थाकी उपाध्यक्ष अम्बिका परियारको स्वागत मन्तव्य तथा सचिब सुरेन्द्र परियार को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : बुधबार, माघ १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्