बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन आगामी फागुनमा हुने

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन आगामी फागुनमा हुने

 

बुटवल-कोभिड–१९ महामारीको कारण गत असोजमा रोकिएको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी फागुनमा हुने भएको छ । बिहिबार बसेको कार्यसमितिको बैठकले संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशन आगामी फागुनको १०–१३ गते गर्ने निर्णय गरेको हो । यस अंगाडी संघले असोजको २६–२८ मा तोकेको साधारण सभा तथा अधिवेशन कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो ।

साधारण सभा तथा अधिवेशनको मिति निर्धारण गर्दै कार्यसमिति बैठकले तयारीको लागि बिभिन्न विषयगत समिति समेत गठन गरेको छ । कार्यसमिति बैठकले साधारण सभा तथा निर्वाचन स्थल व्यबस्थापनको लागि कार्यसमिति सदस्य प्रकास श्रेष्ठ, खाना तथा जलपान व्यबस्थापनको लागि कार्यसमिति सदस्य बसन्त ढकाल, किटव्याग तथा रजिष्ट्रेसन व्यबस्थापनको लागि कार्यसमिति सदस्य मुक्ति अधिकारी, प्रस्ताव समितिको संयोजकमा कार्यसमिति सदस्य प्रतिक पोखरेल, सदस्यता मत सर्वेक्षणमा कार्यसमति सदस्य करुण खनाल र स्वागत सत्कार व्यबस्थापनमा कार्यसमिति सदस्य धनकुमारी खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

संघको अधिवेशन सम्पन्न गर्नको लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुमा पत्रकार खिमानन्द भट्टराई र अधिवक्ता गोविन्द मरासिनीलाई चयन गरिएको छ । संघले प्रत्येक तीन वर्षमा वितरण गर्दै आएको औद्योगिक पत्रकारिता पुरस्कार प्रदान गर्नको लागि संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैंजुको संयोजकत्वमा छनौट समिति निर्माण गरिएको छ । त्यस्तै उद्योगी व्यबसायी सम्मानको लागि पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । साधारण सभामा प्रस्तुत गर्नुपर्ने कुनै प्रस्तावहरु भएमा फागुन २ गते भित्र लिखित रुपमा सचिवालयमा उपलब्ध गराउन समेत सदस्य उद्योग व्यबसायीलाई आग्रह गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको बि.सं. २००९ साल फागुन १० गते स्थापना भएको थियो । संघको स्थापना दिवस बिशेष कार्यक्रमको लागि कार्यसमिति सदस्य भेषराज गैरेको संयोजकत्वमा समित गठन गरिएको छ । संघको ६८ औं स्थापना दिवसको अवसरमा रक्तदान तथा संघका पूर्व अध्यक्ष सम्मान लगायतका कार्यक्रम गरिने संयोजक गैरेले बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, माघ १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij