काठमाडौँ । सरकारले फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ६० वा सोभन्दा बढी उमेरका नागरिकहरूलाई यही २३ गतेदेखि देशभरका खोप केन्द्रबाट खोप लगाइने जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण कारण मृत्यु भएका व्यक्तिहरूको तथ्याङ्क समयमै नराख्ने तथा रिपोटिङ नगर्ने अस्पतालहरूलाई कारबाही तथा सचेत गराउने निर्णय भएको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।
यस्तै, नेपालमा हालसम्म २ लाख ६३ हजार ४ सय ८६ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
माघ १४ गतेबाट सुरु भएको खोप अभियानमा ८४ प्रतिशत लक्षित व्यक्तिहरूले खोप लगाएकोमा हालसम्म कुनै गम्भीर स्वास्थ्य समस्या देखा नपरेको समेत मन्त्रालयको भनाई छ ।
यसैबीच, आज देशभर १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशभर ३ हजार ८ सय ३८ वटा नमुनाको परीक्षण गर्दा ७७ पुरुष र ४८ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७३ हजार ७० पुगेको छ ।
आज कोरोना भाइरसको सङ्क्रमणबाट ९१ जना निको भएका छन् । योसँगै हालसम्म निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको छ ।
देशभरका १ हजार ६ सय २१ सक्रिय सङ्क्रमित मध्ये ६१ जनाको आइसियु र १३ जनाको भेण्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ
प्रकाशित मिति : बुधबार, फाल्गुन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्