रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्धारा देउखुरीमा वृहत निःशुल्क स्वाश्थ्य शिविर

रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्धारा देउखुरीमा वृहत निःशुल्क स्वाश्थ्य शिविर

बुटवल,

रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा नं. १ बडहरामा बृहत निःशुल्क स्वास्थ्य शिविर सपन्न भएको छ ।

स्थानिय कुलपाली सामुदायीक वन उपभोक्ता समुहको आयोजना तथा जनशक्ति सामुदायीक वन उपभोक्ता समुह, लक्ष्मी सामुदायीक वन उपभोक्ता समुह र अमृत जनस्वाश्थ्य सहकारी संस्थाको सहयोगमा आयोजित शिविरमा करिव १ हजार जनाको निःशुल्क स्वाश्थ्य परिक्षण र औषधि वितरण गरिएको थियो । सो अवसरमा क्लबले करिव २ लाख मुल्य बराबरको औषधि निःशुल्क वितरण गरेको रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. बालकृष्ण पाण्डे बताउनु भयो ।

शिविरमा स्त्रीरोग, हाडजोर्नी, दात, मानसिक, जनरल फिजिसियन तथा सर्जन चिकित्सकहरुले चेकजाच गर्नु भएको थियो । सो क्षेत्रमा पहिलो पटक आयोजना गरिएको शिविरमा स्थानिय जनताको उत्साहाजन सहभागित रहेको थियो । शिविरमा विषेशगरि महिलाहरुको सहभागिता उल्लेख्य रहेको थियो ।

शिविरको कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रश्मिराज नेपालीले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपालीले स्वाश्थ्यको पहुचबाट टाढा रहेका ग्रामिण क्षेत्रमा रहेका जनतालाई सेवा दिने उद्देश्यले राखिएको स्वाश्थ्य शिविरबाट स्थानियवासी लाभान्भित भएको बताउनु भयो ।

उहाले रोटरीले आफ्नो उद्देशय अनुसार समाज सेवामा देखाएको सक्रियताप्रति आभार व्यक्त गर्दै नागरिकको स्वाश्थ्य अधिकार स्थापित गर्न यसप्रकारका कार्यक्रमले थप बल प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । प्रमुख अतिथि नेपालीले रोटरी र रोट्¥याक क्लबले समाज र तल्लोवर्गको आवश्यक्ता र चाहानामा केन्द्रीत रहेर आफ्ना सामाजिक गतिविधि गर्न सुझाव दिदै स्वाश्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवले बुटवलबाट आएर गाउपालिकामा निशुल्क स्वाश्थ्य शिविर आयोजना गरेमा रोटरी र रोट्¥याक क्लबलाई धन्यवाद दिनु हुदै आगामी दिनमा गाउपालिकासंग पनि सहकार्य गरेर जान आवहान गर्नु भयो । उहाले यस क्षेत्रमा कस्तो प्रकारको रोग र विरामीको संख्या रहेको छ भन्ने कुरा शिविरबाट जानकारी हुने हुदाँ त्यसका बारेमा रिर्पोट दिएमा त्यसैका आधारमा गाउपालिकाले स्वाश्थ्य सेवाको कार्ययोजना बनाउने जानकारी दिनु भयो ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि सामुदायीक वन राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद खड्काले समुदाय केन्द्रीत कार्यक्रमले संघसंस्थाहरुलाई समाजसंग मिलेर काम गर्ने बातावरण तयार हुुनुसाथै समाजको विकासमा सहभागिता जनाउन पाइने बताउनु भयो । उहाले मानिसको जिवनसंग जोडिएको स्वाश्थ्य क्षेत्रमा रोटरी र रोट्¥याक क्लबले देखाएको सक्रियताप्रति आभार व्यक्त गर्दै आगाडीका दिनमा सामुदायीक वनसंगको सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रो. यादव भण्डारीले रोटरीले बोकेको सेवा भावको पवित्र उद्देश्यलाई जनतासंग जोडेर अगाडी बढाउदै आएको उल्लेख गर्दै स्वाश्थ्य शिविर त्यसको एउटा कार्यक्रम रहेको बताउनु भयो । उहाले प्रदेश राजधानी क्लबले कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने स्थानिय सहयागीहरुप्रति आभार व्यक्त गर्नु भयो ।

कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. बालकृण पाण्डेले रोटरी सेवा र अवसरबाट वञ्चित नागरिकहरुको सेवामा लाग्ने अन्तराष्ट्रिय संस्था भएको बताउदै सामाजिक काममा जनतासंग मिलेर आफ्नो गतिविधि गर्दै आएको जनाउनु भयो ।

रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. विमल ढकालले गढवा गाउपालिकामा आएर क्लबले पहिलो पटक स्वाश्थ्य शिविर आयोजना गर्न पाएकोमा स्थानिय सहयोगी हातहरु र सेवा लिन आएका सर्वसाधरणहरुलाई धन्यवाद दिनु भएको थियो ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. बालकृण पाण्ड र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. विमल ढकालको संयुक्त अध्यक्षता, विक्रम क्षेत्रीको सञ्चालन तथा कुलपाली सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्माको स्वागतमा भएको कार्यक्रममा रोटरी क्लब अफ लमहीका अध्यक्ष रो. रविलाल आर्चाय, फर्मास्युटिकल एसोशीएसनका उपाध्यक्ष किरण ढकाल, डा.अमृत भण्डारीलगायत बोल्नु भएको थियो ।

 

प्रकाशित मिति : आइतबार, फाल्गुन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij