बुटवल रुपन्देहीको बुटवलमा बृहत सत्संग समारोह सुरु भएको छ । नेपालका विभिन्न क्षेत्रमा रहेका सन्तमहात्हरुको उपस्थितीमा सत्संग समारोहको सुरु भएको हो । नेपाल मानव धर्म सेवा समिती लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको आयोजनामा आइतबार देखी बुटवलमा सुरु भएको सन्त सत्संग समारोहको एक कार्यक्रका बिच सुकुम्बासी समस्या समाधान आयोज लुम्बिनीका अध्यक्ष बल बहादुर आचार्यले उद्घाटन गर्नु भयो । सत्संग समारोहको उद्घाटन गर्दै आचार्यले कोरोना कहरका बिचमा आयोजीत बृहत संत्सग समारोहले मानव समुदायलाई अझ आध्यात्ममा जोड्न बल पुग्ने बताउनु भयो । मानव धर्म सेवा समिती लुम्बिनी प्रादेश प्रमुख महात्म चमेली बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा देश भर बाट झण्डै १०० जना भन्दा बढी सन्तहरुको उपस्थिती रहेको बताउनु भयो । उहाँले अध्यात्मको मञ्च धर्म मान्नेहरुको लागि मात्र नभई विज्ञान पढ्नेहरुको पनि रहेको उल्लेख गर्नु भयो । कोरोना कहरका कारण मानव मन शान्त नभएको र मानव मनलाई शान्त बनाउने आध्यात्म रहेको बताउदै बृहत सत्संग तथा सन्त समारोहको गरिएको बताउनु भयो । आइतबार र सोमबार गरी दुइ दिन सम्म चल्ने सत्संग समारोहका देशभरबाट उपस्थ्ति रहेका सन्तहरुले सत्संग बाचन गर्ने र दोस्रो दिन प्रभातफेरी कार्यक्रमसहित सत्संग प्रवचनको कार्यक्रम गरिने समितीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्