नवलपरासी
सबैका लागी घर घरमा मानब अधिकार, शान्ति र बिकासको आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको परासीमा मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्टिय मानव अधिकार आयोगको आयोजना तथा एम्नेष्टी इन्टरनेश्नल समुह ३१ परासीकोे समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा, राष्टिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले मानव अधिकार आयोग जनता संगै रहेको बताएका छन । उनले घर घरमा मानव अधिकारका बारेमा अझैपनि जनचेतना दिन आवश्यक रहेकोमा जोड दिएका छन । पोखरेलले बिगतको तुलनामा मानव अधिकार उल्लंघनका घटनामा कमी आए पनि अझै पनि सोचे अनुरुप सुधार हुन नसकेको बताए। सरकार भन्दा पनि नागरीक समाजसंग आयोग नजिक रहेकोले मानव अधिकार उल्लंघनका घटनाहरुको बिरुद्धमा एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिए। कार्यक्रममा बिभिन्न क्षेत्रबाट सहभागी ब्यक्तित्वहरुले मानव अधिककारको सवालमा पश्चिम नवलपरासी अझै पनि पछाडी परेको जिल्लाको रुपमा रहेको बताएका थिए ।
,कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मंच नवलपरासीकी अध्यक्ष यमकुमारी सुबदीले परासीमा संचालित होटल तथा रेष्टुरेन्टमा अखाद्य बस्तु , बिना दर्ता ब्यवसायहरु संचालन, कुनै पनि मापदण्ड पुरा नै नगरीकनै खुला रुपमा माछामासु बिक्री बितरण भैरहेकोले यसले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पारीरहेको बताए। साथै यस क्षेत्रमा बालबिवाह , बालिका बलात्कारका घटनाले बालिकाहरुमा प्रत्यक्ष असर पर्नुका साथै बालिकाहरु अझै पनि मानसिक तनावमा बाच्न बाध्य भएको बताए यस्तै गरी कार्यक्रममा शशक्तिकरण नेपाल परासी परियोजनाकी संयोजक पुष्पा लामाले महिला र बालअधिकारका कुरा मात्र धैरे हुने र यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारका कुरा अझै पनि ओझेलमा परेको गुनासो गरे । लामाले हरेक ठाउमा महिला र बालअधिकारका कुरा मात्र उठने गरेको बताउदै समाजमा भएका एच आइ भी संक्रमित बालअधिकार र एच आइ भी संक्रमित महिलाअधिकारका कुरा अझै पनि समाजमा नै लुकेर रहेको र उनीहरुको अधिकार कहा छ भनेर प्रश्न गरे । नेपाल सरकारले संक्रमितका लागी एक लाखको बिमा गरेको भए पनि पश्चिम नवलपरासीमा अझै पनि यो लागु नभएको लामाले गुनासो गरे । कार्यक्रममा जिल्लाका अधिकारकर्मी , पत्रकार सरोकारवाला, शिक्षक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो भने राष्टिय मानव अधिकार आयोगका उपसचिव सन्तोष आचार्यले कार्यक्रमको सहजीकरण गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्