राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा : पहाडी

राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा : पहाडी

twitter sharing button

बुटवल :-राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पहिलो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । आइतबार बिहान सकिएको महाधिवेशनले संघका सस्थापक अध्यक्ष विनोद पहाडीलाई पुनः अध्यक्षमा सर्वसम्मत् निर्वाचित गरेको छ । संविधान सभा सदस्य रहिसकेका पहाडी नेपाल पत्रकार महाससंघ रुपन्देहीका पूर्वअध्यक्ष समेत हुन् ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली, खुल्ला उपाध्यक्षमा मिलन परियार, प्रदेश उपाध्यक्षहरूमा पर्वत पोर्तेल, भोला पासवान, बुद्धि विश्‍वकर्मा, दिपक परियार, विनोद परियार, टेकेन्द्र विश्‍वकर्मा र करन ताम्राकार सर्वसम्मत् निर्वाचित भएका छ्न । महासचिवमा लक्ष्मण दर्नाल निर्वाचित भएका छन् । सचिवहरूमा सन्तोष गन्धर्व, रिता बुढाथोकी, बिरु नेपाली निर्वाचित भएका छन् ।

 

कोषाध्यक्ष भिमबहादुर घिमिरे सर्वसम्मत् निर्वाचित भए। पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रीय समिति महाधिवेशनले निर्वाचित गरेको हो ।

त्यस्तै ३ सदस्यीय अनुशासन आयोगसमेत गठन भएको छ । केन्द्रीय सदस्य खुल्लातिर अम्मर सुनार, राधेश्याम बिक, फुलु सुनार,प्रमिण गजमेर, प्रेम सुनार, सरिता बराइली, मानसिङ्ग बिक, पिबि दियाली, सन्जय सौगात, राजेश सुनाम, वसन्त बिक, भिमबहादुर नेपाली गन्धर्व, राजन गाउले, बसन्त विश्‍वकर्मा, किशान सङ्गित नेपाली निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको पहिलो बैठकसमेत सम्पन्‍न भएको छ । शुक्रबार पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको उद्घाटन गरेका थिए भने नेपाली कांङ्ग्रेसका नेता बालकृष्ण खाँणले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : आइतबार, चैत्र १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij