बुटवल–आफ्नो स्थापना दिवशको अवसरमा जागरुक वचत तथा ऋण सहकारी संस्था लि., बुटवलले आइतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवशका अवसरमा विगतका बर्षहरुमा जस्तै यसवर्ष पनि रक्तदान काार्यक्रम गरेको जनाइएको छ ।
संस्थाको बुटवलउपमहानगरपालिका वडा नं. ६ चन्द्रनगरमा रहेको कार्यालयमा आयोजना गरिएको रक्तदानमा ५० युनिट रगत संकलन भएको सहरकारीका शिक्षा उपसमितिका संयोजक कृष्ण कुमार पोखरेलले बताए ।
रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रमको शुभारम्भ गर्दै संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बस्यालले मानव जिवन रक्षामा महत्वपूर्ण रहने रगतको अभाव कम गर्न सहयोग पुगोस भन्ने पवित्र उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए।
कार्यक्रममा रक्त सञ्चार केन्द्र, बुटवलकी वरिष्ठ प्राविधि राधा शर्माले सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुको सहयोग र सक्रियताले नै रगतको संकलनमा केन्द्रलाई सजिलो भएको भन्दै आभार व्यक्त गरे ।
शिक्षा उपसमितिका संयोजक कृष्ण कुमार पोखरेलले सामाजिक उत्तरदायित्व वहन गर्ने संदर्भमा सहकारीले यसप्रकारका गतिविधि गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।
संस्थाका सचिव श्याम पोण्डेको सञ्चालनमा भएको कार्यक्रममा सहकारी पूर्व अध्यक्षहरु खगेन्द्र शर्मा, चन्द्रमणी भण्डारी लगायतको उपश्थिति रहेको थियो । २०६४ सालमा स्थापित सहकारीमा हाल करि २ हजार शेयर सदस्य रहेको र संस्थाले मासिक, दैनिक वचत संकलन गर्नुकासाथै विभिन्न शिर्षकमा आफ्ना सदस्यहरुलाई ऋण लगानी गर्दै आएको छ । संस्थाले आगामी दिनमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने र बहुउद्देश्यमा लैजाने लक्ष्य लिएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्