सेनामाथि आक्रमण गर्ने म्यानमारका विद्रोहीको चेतावनी

सेनामाथि आक्रमण गर्ने म्यानमारका विद्रोहीको चेतावनी

काठमाडौं । म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोहीले सेनाले प्रदर्शनकारीलाई मार्न नछाडे जवाफी आक्रमण गर्ने चेतावनी दिएका छन् ।

मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी र अराकान आर्मीले मानिसहरुलाई मार्ने क्रम जारी राखे प्रदर्शनकारीहरुसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने बताएका हुन् ।

एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स ९एएपीपी०का अनुसार म्यानमारमा सैन्य कूको विरुद्धमा भइरहेको प्रदर्शनमा अहिलेसम्म ५१० जनाको मृत्यु भइसकेको छ । गत शनिबार एकैदिन म्यानमारमा १४१ प्रदर्शनकारी मारिएका थिए ।

प्रदर्शनमा निस्किएका मानिसहरुमाथि सेनाले गोली चलाउन साथ प्रमुख समूह जनरल स्ट्राइक कमिटी अफ नेशनलिटिजले धार्मिक अल्पसंख्यक समुदायका समूहहरुलाई सेनाविरुद्ध उभिन आग्रह गरेको थियो ।

यता, थाइल्याण्डले पनि म्यानमारको सेनालाई मुलुकमा भइरहेको हिंसा कम गर्न आग्रह गरेको छ । स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै विदेशमन्त्री डोङ प्रमुद्विनइले म्यानमारको सेनालाई यस्तो आग्रह गरेका हुन् । साथै थाइल्याण्डले म्यानमारबाट भागेर आफ्नो मुलुकमा आएका शरणार्थीलाई पनि फिर्ता पठाउन अस्वीकार गरेको छ ।

 

प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij