बुटवल – नेपाल पत्रकार महासंघ रुपन्देहीको मतदान सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरुभएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । निर्वाचनमा ९६.५ प्रतिशत अर्थात ३०२ मत खसेको निवार्चन संयोजक नारायण सापकोटाले जानकारी दिए । रुपन्देहीमा ३१३ मतदाता रहेका छन । महासंघ रुपन्देही शाखामा नेतृत्वका लागि रामराज पोखरेल र दिनेश पाण्डेको प्यानल प्रतिस्पर्धा चुनावी मैदानमा उत्रिएको थियो । आगामी ३ वर्षे कार्यकालका लागि पोखरेल नेतृत्वको लोकतान्त्रिक –प्रगतिशिल प्यानलबाट उपाध्यक्ष पदका लागि विश्वाष ढकाल, महिला उपाध्यक्षका लागि सञ्जु पौडेल, सचिवमा विनोद परियार, सहसचिवका लागि विरेन्द्र कुंवर, सह सचिव (समावेशी)मा माया केसी र कोषाध्यक्ष पदका लागि सन्जय सौगातले उम्मेदवारी रहेको छ । यस्तै खुला सदस्यतर्फ शंकरप्रसाद पाण्डे, कपिल अधिकारी, मोती न्यौपाने, प्रदीप आचार्य, थानेश्वर घिमिरे, प्रकाश पाण्डेय, पुनहरि बेलबासे र मानबहादुर कुंवरले उम्मेदवारी रहेको छ । यसैगरी समावेशी सदस्यका लागि हरिकला अधिकारी, टंक सुनार, राज चौधरी, राधेश्याम विश्वकर्मा र सलमान खानको उम्मेदवारी रहेको छ । यस्तै पाण्डेको नेतृत्वमा उपाध्यक्षमा हेमबहादुर पछाई (दिपेश), पहिला उपाध्यक्षमा अमृता अनमोल, सचिव पदका लागि लक्ष्मण पोखरेल, सहसचिवमा केशव भण्डारी, सहसचिव (समावेश) तर्फबाट गोविन्दबहादुर घर्ती र कोषाध्यक्ष पदका लागि स्वस्तिक श्रेष्ठले उम्मेदवारी रहेको छ ।
यसैगरी खुल्ला सदस्यहरुमा नरबहादर (एन.बी) कंडेल, विकास पराजुली, प्रकाश आचार्य, तुलसीराम पौडेल, मिना पाण्डे (अस्मिना) र शिव डुम्रेले उम्मेदवारी छ । यसैगरी समावशेतर्फ सोही प्यानलबाट दिनेश श्रेष्ठ, कृष्ण खनाल, राजकुमार धवल, रेनुका गिरी र रविन्द्रप्रताप गुप्ताले उम्मेदवारी परेको थियो ।
प्रकाशित मिति : बुधबार, चैत्र २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्