काठमाडौं – नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका रामबहादुर थापा बादल आइतबार पदमुक्त भएसँगै उनको ठाउँमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गरिसक्नुपर्ने उल्लेख गरिएको छ ।
बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका बादलको २०७५ असार ४ गते भएको गोलाप्रथामार्फत् आफ्नो पदावधि ६ वर्षका लागि कायम गराएको थियो ।
यसअघि नेकपा माओवादी केन्द्रले बादलले पार्टीविपरीत काम गरेको र अन्य पार्टीका गतिविधिमा सहभागी भएकाले संसद सचिवालयमा संसद पद खारेजका लागि निवेदन दर्ता गराएका थिए । यसपछि आजमात्रै उनी पदमुक्त भएका थिए ।
पदमुक्त बादलको एमाले नेताको हैसियतमा आजै साँझ ५ बजे गृहमन्त्रीको रुपमा सपथ ग्रहण गर्ने कार्यक्रमसमेत रहेको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्