बुटवल
बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन हुने भएको छ।
मंगलबार बसेको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमी बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो।
संक्रमितले अस्पताल भरिन थालेको र संक्रमितको संख्या पनि तीव्र भएपछि लकडाउन गर्ने निर्णय गरेको डीसीसीएमीले जनाएको छ।
संक्रमितको संख्या बढेसँगै भेरी अस्पतालमा चैत २० देखि वैशाख ६ गतेसम्म १७ जनाको मृत्यु भएको छ। सोमबार मात्र बाँकेमा ३२२ जना संक्रमित थपिएका थिए।
प्रकाशित मिति : मंगलबार, बैशाख ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्