काठमाडौं – कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै तहका सबै किसिमका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी संघीय मामिलामन्त्री गणेश ठगुन्नाले सबै तहका सबै किसिमका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न सिफारिस गरेको जानकारी दिएका हुन् ।
मन्त्रिपरिषद् बैठकमा सीसीएमसीका सिफारिसहरू पेस गरिने मन्त्री ठगुन्नाले जानकारी दिए ।
यसअघि नै मन्त्रिपरिषदले स्थान हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई दिइसकेको छ । सो अनुसार बाँकेले वैसाख १३ देखि लागू हुने गरी एक सातासम्म जिल्लामा अत्यावश्यक कामबाहेक हिँडडुल गर्नसमेत निषेध गरिसकेको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्