बुटवल । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्य समितीले पठाएको रकम स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई प्रदान गरिएको छ। कोरोना संक्रमणबाट जेठ ५ गते बुटवलको कारोना अस्पतालमा निधन भएका चौधरीको रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम स्थित निवासमा पुगेर नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका टोलीले सान्त्वना दिँदै काजकिरियाका लागि ३० हजार रुपैयाँ हस्तातरण गरेको हो ।
यसअघि नेपाल पत्रकार महासंघ रुपन्देहीले हालै स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’बाट नगद रु २५ हजार १ सय पनि प्रदान गरिएको थियो। केन्द्रिय समितिले पठाएको उक्त सहयोग रकम महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्वर्गीय चौधरीकी श्रीमती उदयदेवी चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
केन्द्रिय समितिका अध्यक्ष बिपुल पोखरेलले संदेश पठाउँदै सो घटनाप्रति दुख समेत ब्यक्त गरे । उनले यो महामारीमा पत्रकार महासंघ रुपन्देहीबाट उपचारमा सक्दो कोसिश भएपनि बचाउन नसकेकोमा दुख ब्यक्त गर्दै परिवारजनमा हार्दिक समबेदना प्रकट गरे । पोखरेलले कोभिडका कारण काठमाडौँमा उपचाररत बरिष्ठ पत्रकार मदनलाल पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
सहयोग हस्तान्तरणमा अध्यक्ष रामराज पोख्रेल, कोषाध्यक्ष संजय सौगात, कार्यसमिति सदस्य मोहन न्यौपाने, केन्द्रिय पार्सद दिवाकर पन्थीको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्