बुटवल
मानव अधिकार तथा शान्ति समाजद्वारा रुपन्देहीमा बृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) को परिसरमा १ सय बिरुवाहरु रोपिएको हो ।
कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलननमा जोड दिँदै हिमालय बचाउ आन्दोलन सञ्चालन गरिरहेको बताए ।
उनले सरकारद्वारा चुरे ध्वस्त गर्ने गरी ढुंगा गिट्टी निकासीको निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने बताए ।
वातावरण विनास गर्ने सरकारको नीतिले दक्षिणको मैदानी इलाका मरुभूमिकरण हुने खतरा रहेको भन्दै सभापति खनालले सरकारको यो आत्मघाती कदमलाई वातावरण प्रतिगमनको संज्ञा दिए ।
समाजका रुपन्देही सभापति डीपी खनालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको संचालनमा भएको भएको कार्यक्रममा आम्दा अस्पताल मेसु डा.राजेन्द्र बस्याल,समाजका केन्द्रिय सचिब मिना ढकाल,केन्द्रीय सदस्य बिष्णु भुसाल, पत्रकार महासंघ प्रदेश महासचिव बिक्रम खड्का लगायतले बोल्दै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
अस्पताल परिषरमा आँप, रुद्राक्ष, अमला, बेल, धुपिसल्लो, कल्पिफूल लगायत प्रजातीका बिरुवा रोपिएको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्