अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध

file photo

पाल्पा ।

अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–५ कालीमाटी, रम्भा गाउँपालिका–३ पिपलडाँडाका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

राम्दी प्रहरी चौकीका हवल्दार दीपकराज गिरीका अनुसार राजमार्गको पिपलडाँडा र अगाहा खोलाको बीचमा पर्ने भीरबाट ढुंंगा र लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको छ । अघिल्लो वर्षको वर्षायाममा खसेको पहिरोमा पुनस् ढुंगा सहितको पहिरो खसेको छ ।

यस्तै, कालीगण्डकी करिडोर स्तरोन्नती गर्दा फालेको माटोका कारण सिद्धार्थ राजमार्गमा लेदो खसेर पिपलडाँडा सेरामा सडक अवरुद्ध भएको छ । गिरीका अनुसार कालीगण्डकी करिडोरको पिपलडाँडा–हुँगी खण्डको भोवरमा पनि पहिरो खसेको छ । सडक अवरुद्ध भएर एम्बुलेन्ससमेत जान नसकेपछि सडक डिभिजनको डोजर भोवरमा पहिरो फाल्न गएको छ ।

यता तिनाउ गाउँपालिका–५ कालीमाटी, गौडेपुल क्षेत्रमा पनि पहिरो खसेको छ । प्रभास प्रहरी चौकीका अनुसार ढुंगामाटो सहितको पहिरो खसेकाले सडक डिभिजनबाट डोजर मगाएर काम भइरहेको छ । यहाँ केही दिनअघि पनि सडकमा ठूलो पहिरो खसेको थियो । सडकको घुम्ती चौडा गर्दा खनेको भागमा नै अहिले पहिरो खसेको हो ।

प्रकाशित मिति : मंगलबार, असार १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij