कपिलवस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ

कपिलवस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ

तौलिहवा ।
कपिलबस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । कपिलबस्तु नगरपालिका २ बर्दहवास्थित सडकमा चेकजाँच गर्ने क्रममा लागु औषधसहित ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १ नयाँटोल बस्ने वर्ष २७ का राकेश गुप्ता, उनकी श्रीमती प्रभावती गुप्ता र २२ वर्षीय बैजुकुमार गुप्ता रहेका छन् । बैजुकुमार राकेशका भाइ हुन् ।

युपी ५५ वि ९४३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।

प्रहरीले उनीहरुको साथबाट २९ ग्राम ७९० मिलिग्राम लागुऔषध ब्राउन सुगर, नाइट्रोभेट १० ट्याबलेट, उइन स्पास्मो १ सय २४ क्याप्सुल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, साउन २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij