बुटवल-बुटवलमा क्रियाशील तीन पत्रकार सम्मानित भएका छन् । इनरह्वील क्लव अफ बुटवल मिडटाउनले पत्रकारहरु कल्पना डुम्रे,अस्मिना पाण्डे र पूजा पन्थीलाइ नगदसहित सम्मान गरेको हो ।
क्लवको गरिमा र महिमा उच्च राख्न र समचार सम्प्रेसणमा उल्लेख्य योगदान पुर्याएको भन्दै उनीहरुलाइ सम्मान गरिएको क्लवका अध्यक्ष मिठ्ठु टण्डन भण्डारीले जानकारी दिइन् । उनीहरुलाई आज बुटवलमा आयोजित क्लवको पदस्थापन समारोहमा नगद,कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
डुम्रे नागरिक अनलाइन,बुद्ध टेलिभिजन तथा रेडियो जागरण,पाण्डे रेडियो मुक्ति र लुम्बिनी टिभी तथा पन्थी दैनिक पत्र र पहिलो पोष्टमा कार्यरत छन् ।
क्लवका अध्यक्ष मिठ्ठु टण्डन भण्डारी,प्रमुख अतिथि संस्थापक अध्यक्ष आशा श्रेष्ठ तथा संयोजक प्रभा अर्यालले सम्मान गरेका थिए ।
क्लवका अध्यक्ष मिठ्ठु टण्डन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष आशा श्रेष्ठ,बाणिज्य क्याम्पस प्रमुख तारा उपाध्याय,जगत पौडेल,मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डीपी खनाल लगायतले बोल्दै क्लवको सक्रियताको प्रशंसा गर्दै निरन्तरताको कामना गरेका थिए ।
यसैबिच
क्लवको बर्ष २०२१(०२२ का लागि नयाँ अध्यक्षमा सरस्वती ढुंगाना चयन भएकी छन् । आइपीपीमा मिठ्ठु टण्डन भण्डारी,भिपीमा प्रभा अर्याल,सचिवमा देवी न्यौपाने,कोषाध्यक्षमा शान्ता भण्डारी,आइएसओ सुमित्रा न्यौपाने ,इडिटरमा सुशीला पोखरेल ,एक्जुकेटीभ मेम्बरमा जमुना श्रेष्ठ र शिव राना रहेका छन् । त्यस्तै जोइन्ट सेक्रेटरीमा गिता खनाल ,जोइन्ट कोषाध्यक्षमा सबिता सुनार चयन भएका छन् ।
प्रकाशित मिति : बिहिबार, साउन ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्