रोट्र्याक्ट क्लब अफ तिलोत्तमाद्धारा दैनिक उपभोग्य खाद्यान्न वितरण

रोट्र्याक्ट क्लब अफ तिलोत्तमाद्धारा दैनिक उपभोग्य खाद्यान्न वितरण

तिलोत्तमा
 माहामारीको दोस्रो लहर बाट जन समुदायमा पारेको प्रभावलाई मध्यनजर राख्दै रोट्र्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, Feed The Hungry Nepal र नेपाल स्काउटको संयुक्त आयोजनामा बुटवल उप महानगरपालिका–११ भित्र पर्ने विभिन्न टोल समुहका निम्न आए भएका २५० जना बिपन्न बर्गलाई दैनिक उपभोग्य खाद्यान्न वितरण गरेको छ । सो कार्यक्रममा रोट्र्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही का अध्यक्ष रो. नबिन अर्याल ले आफ्नो धारणा राख्दै आगामी दिनमा यस क्लबले यस प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिने र कार्यक्रम सहज रूपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण समाजसेबी साथीहरु र बुटवल उपनगरपालिका–११ वडा कार्यालयलाई धन्यवाद दिनु भएको थियो । क्लब स्थापना को छोटो समयमा नै देश कै एक उत्कृष्ट रोट्र्याक्ट क्लब को रुपमा परिचित क्लबले सामाजिक तथा युवा नेतृत्तो बिकाश गर्ने कार्यमा अगाडी रहदै आएको छ । कार्यक्रम रो. कृष्ण भण्डारी र रो. नारायण भुसालले संयोजन गर्नु भएको थियो ।

प्रकाशित मिति : बुधबार, साउन १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij