रोयल इनफिल्डको मेटेअरको बुटवलमा बिक्रि सुभारम्भ

रोयल इनफिल्डको मेटेअरको बुटवलमा बिक्रि सुभारम्भ

बुटवल

रोयल इनफिल्ड मोटरसाइकल कम्पनीको नयाँ मोडल मेटेअरको बुटवलमा बिक्रि सुभारम्भ गरीएको छ । गैरे प्रतिष्ठान प्रालिले रोयल इनफिल्डको (बुलेट मोटरसाइकलको) नयाँ मोडल मेटेअरका ३ भेरियन्टको लन्च गरेको हो ।

युवाहरु माझ लोकप्रिय रहेको रोयल इनफिल्ड अर्थात बुलेटका ४ वटा मोडल क्लासिक,इलेक्ट्रा,हिमालय र इन्ट्रसेप्टर बजारमा उपलब्ध छन । बुधबार देशै भरी पाँचौ मोडल मेटेअरको लन्च गरीयो हो । सोही क्रममा लुम्बिनी प्रदेशको अस्थाइ मुकाम बुटवलमा पाँचौ मोडल मेटेअरका ३ नयाँ भेरियन्टको लन्च गरीएको प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरेले बताए । बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे,पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष प्रेम न्यौपाने र प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेले संयुक्त रुपमा बाइकको बिक्रि सुभारम्भ गरे ।

 

बुधबार लन्च गरीएका ४५० सिसिका सुपरनोभा,स्टेलर र फायर बल छन । सुपरनोभाको ६ लाख ४५ हजार,स्टेलरको ६ लाख १७ हजार र फायर बलको ६ लाख बजार मुल्य रहेको प्रतिष्ठानका अध्यक्ष गैरेले जानकारी दिए । यी मोटरसाइकलको माइलेज ४० किलोमिटर प्रति लिटर रहेको उनले बताए । स्पोर्टी लुक्स, डबल एबिएस ब्रेक सिष्टम,१५ लिटर टंयाकी, जिपिएस जडान सहित सुरक्षाका उत्कृष्ट मापदण्डहरु समावेस गरीएकाले यी बाइक निकै उपयोगी सावित हुने कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताए । भारतीय कम्पनीका यी बाइकहरु ७ वटा आकर्षक रङ्गमा उपलब्ध हुने जानकारी दिए ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे,बाणिज्य उपाध्यक्ष नरिश्वर पौडेल नेपाली काँग्रेस बुटवल नगर सभापती खेलराज पाण्डे, पत्रकार खिमानन्द भट्टराइ लगायतले बोल्दै विक्रेता कम्पनीले सवारी सुरक्षा र दिगोपनका सम्बन्धमा आफना बिक्रेतालाइ जानकारी दिनु पर्ने भन्दै व्यवसायिक सफलताको सुभकामना दिए । नारायणी पश्चिम नेपालगञ्ज सम्म रोयल इनफिल्ड मोटरसाइकल कम्पनीको नयाँ मोडल मेटेअरको ब आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान रहेको सो अवसरमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : बिहिबार, साउन १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij