काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद्मा भएका नियुक्ति संवैधानिक भएको दाबी गरेका छन्।
सभामुख अग्निप्रसाद सापकोटा र निशान्त बाबु खड्काले संवैधानिक आयोगमा संवैधानिक परिषद्ले गरेको नियुक्तिविरुद्ध हालेको रिटमा जवाफ दिँदै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतलाई यस्तो जवाफ दिएका हुन्।
संवैधानिक परिषद् सदस्यका रूपमा अदालतलाई जवाफ फर्काएका प्रधानन्यायाधीशले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट गरेको नियुक्तिको बचाउ गरेका छन्।
संविधानसम्मत जारी भएको अध्यादेशमा सभामुख अग्निप्रसाद सापकोटाले गैरसंवैधानिक भन्दै हालेको रिट मनासिव नभएको उनको दाबी छ।
प्रकाशित मिति : आइतबार, साउन २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्