रोटरी क्लव अफ भैरहवा मा आचार्य को नेतृत्व मा नयाँ समिति

रोटरी क्लव अफ भैरहवा मा आचार्य को नेतृत्व मा नयाँ समिति

भैरहवा -रोटरी क्लव अफ भैरहवा मा नयाँ कार्यसमिति चयन भएको छ। भैरहवा मा सम्पन्न अधिबेशन बाट चक्रमणी आचार्यको अध्यक्षता मा नयाँ कार्यसमिति चयन भएको हो। क्लवको निर्वतमान अध्यक्ष मा शिवहरी शर्मा, प्रेसिडण्ट ईलेक्टमा पवन पौडेल, नोमिनी प्रेसिडण्टमा उमेश चन्द्र आचार्य चयन हुनु भएको छ ।

त्यसैगरी क्लव को भ्वाईस प्रेसिडण्ट फस्र्टमा सगम न्यौपाने, भ्वाईस प्रेसिडेन्ट सेकेन्ड मा कमल कोइराला,सचिवमा साजन जग राणा, कोषाध्यक्षमा राजु न्यौपाने, सहसचिवमा सुदर्शन पन्त, सह कोषाध्यक्ष मा राजु श्रेष्ठ,

क्लब एडमिनिष्ट्रेशन मा श्याम क्षेत्री, मेम्बरसिप चेयरमा सन्तोष शुक्ला, पब्लिक रिलेसन चेयरमा राम प्रसाद पन्थी,टीआरएफ चेयर मा राज कुमार बि.क.,सर्विस प्रोजेक्ट चेयर मा अरुण आचार्य,सर्जन एट आम्र्स मा कुन्दन बज्राचार्य चयन हुनु भएको छ ।

यसै गरी एक कार्यक्रम का बिच नया कार्य समिति को पदस्थापन सम्पन्न भएको छ ।

पदस्थापन मा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटान का गभर्नर सतोष प्रसाद रिजाल ले अध्यक्ष चक्रमणी आचार्य लाई सपथ ग्रहण गराउनु भएको थियो । भने अध्यक्ष आचार्य ले क्लब का अन्य पदाधिकारी लाई सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रम मा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर सतोष प्रसाद रिजाल ले रोटरी ले समाजमा साँच्चिकै प्रभाव पार्ने काम गरेर देखाउनु पर्ने बताउनु भयो ।

गर्भनर रिजाल ले रोटरी ले सामाजिक क्षेत्रमा गरेको लगानी र विकासले यसको गरिमा र महत्वलाई उजागर गरेको भन्दै क्लब ले अब रोटरी इन्टरनेशनल को ग्लोबल ग्रान्ड का लागी केन्द्रीत भएर काम गर्न सुझाव दिनु भएको छ ।

क्लब का जिएस आर एजाज आलम ले समाज को आवश्यकता अनुसार काम गर्दा सफल हुने बताउनु भएको छ ।

रोटरी क्लब अफ भैरहवा ले शिक्षा, स्वास्थ्य, खेलकुद,तथा सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेले को बताउदै अब नया क्लब खोल्न जिएस आर आलम ले आग्रह गर्नु भएको छ ।

क्लब का अध्यक्ष चक्रमणी आचार्य ले क्लब ले गर्दे आएका पुराना काम लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अध्यक्ष आचार्य ले इन्टरनेशनल ग्लोबल ग्रान्ड प्रोजेक्ट ल्याउन पहल गर्ने बताउदै यस का लागी सबै को साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।

रोटरी क्लब अफ भैरहवा का अध्यक्ष चक्रमणी आचार्य को अध्यक्षतामा भएको कार्यक्रम मा सँस्थापक अध्यक्ष राज कुमार गुप्ता, क्लब का पुर्व अध्यक्ष सजिव शर्मा रेग्मी,क्लब का एजी भगवती पाण्डे, रोट्रयाक्ट क्लब अफ भैरहवा का अध्यक्ष लक्ष्मण रेग्मी ,रोटरी क्लब अफ पाल्पा लुम्बिनी का अध्यक्ष तारा रायमाझी पोखरेल,नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय लुम्बिनी प्रदेश का सयोजक प्रेम नारायण न्यौपाने, रोटरी क्लब अफ सेन्टर बुटवल,का अध्यक्ष होम राज वस्याल, लगायत ले बोल्दै समाज रुपान्तरणका लागि रोटरीयनहरु को भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले नयाँ नयाँ परियोजना ल्याउन र विकासको योजना बनाउन समेत आग्रह गर्नु भएको थियो ।

कार्यक्रम सचिव साजन जग राणा को सचालन तथा क्लब का इलेक्ट प्र्रेसिडेन्ट पवन पौडेल को स्वागत ,प्रेसिडेन्ड नोमिनी उमेश चन्द्र आचार्य को धन्यबाद मा सम्पन्न भएको थियो ।

संस्थाले स्थापना को पाँचौ वर्षको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । रोटरी क्लब अफ भैरहवा र रोट्¥याक्ट क्लब अफ भैरहवाको संयुक्त आयोजना मा वृक्षरोपण सम्पन्न भएको हो ।

रोटरी क्लबको वार्षिक कार्ययोजना अन्तर्गत वृक्षरोपण गरिएको क्लबले जनाएको छ । बढ्दै गएको पर्यावरण असन्तुलन लाई रोक्न रोटरी इन्टरनेशनलले यसवर्ष हरेक क्लबलाई कम्तिमा ५ सय विरुवा रोप्न आग्रह गर्दै आएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं. २ पक्लिहवा स्थित शवदाह स्थलमा फलफुलका विरुवा रोपेको क्लबका अध्यक्ष चक्रमणी आचार्यले जानकारी दिनु भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ जोन २५ का एसिस्टेन्ट गभर्नर भगवती पाण्डेले फलफुलका बोटविरुवाले वातावरण सन्तुलन हुने मात्र नभई एकदुई वर्ष भित्रै आफैले फल प्राप्त गर्न सकिने भएकोले बहुउपयोगी गुणका फलफुलका विरुवा रोपेर क्लबले प्रशंसायोग्य काम गरेको बताउनु भयो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नं. २ का अध्यक्ष दिपक कुमार थापाले शबदाह स्थलमा पार्क बनाउन खाली राखिएको जग्गामा फलफुलका विरुवा रोप्न छनोट गरेकोमा खुसी व्यक्त गर्नु भयो ।

क्लबका पुर्व अध्यक्ष सञ्जिव शर्मा रेग्मीले क्लबले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि वार्षिक कार्यक्रम अन्तरगत वृक्षारोपण गरेको बताउनु भयो ।

स्थानीय समाजसेवी राजाप्रताप शाहीले शवदाह स्थलमा सफासुग्घर सहितको आकर्षक पार्क बनाउन लागिएको भन्दै उक्त कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो ।

रोटरी क्लबका अध्यक्ष चक्रमणी आचार्य र रोट्¥याक्ट क्लबका अध्यक्ष लक्ष्मण रेग्मीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन आशिष श्रेष्ठ तथा स्वागत कार्यक्रम संयोजक उमेश आचार्यले गर्नु भएको थियो ।सो अवसरमा आंप, अम्बा, लिचि तथा अशोका का विरुवा रोपिएको थियो ।

प्रकाशित मिति : सोमबार, साउन २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij