अबको केही दिन मनसुन थप सक्रिय हुनेः बाढी, पहिरोको जोखिम

अबको केही दिन मनसुन थप सक्रिय हुनेः बाढी, पहिरोको जोखिम

काठमाण्डौ ।

अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको प्रभावले अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । प्रदेश एक, दुई र सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि नै लगातार पानी परिरहेको छ । अरु ठाउँमा बद्ली भएको छ । दिउँसोपछि देशका सबैजसो भूभागमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

अबको तीनरचार दिन लगातारजस्तै पानी पर्ने भएकाले बाढी, पहिरो, डुबान लगायतका जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रहसमेत गरेका छन् । विशेषगरी भिरालो जमिन र नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् पौडेलले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : शनिबार, साउन ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij