कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरीले आफ्नो जन्म दिनको अवसरमा सुस्तमनस्थितिका १९ जना बिधार्थीहरुलाई एक कार्यक्रममा बिच बिधालय झोला र खाजा वितरण गरेकी छिन। कञ्चन जेसिज बर्ष २०२१ को बार्षिक कार्ययोजना अनुसार अध्यक्ष चौधरीले आफ्नो जन्म दिनको अवसरमा शैक्षिक सामग्री अन्तर्गत बिधालय झोला र खाजा बितरण गरेकी हुन ।
रुद्रपुर माध्यामिक बिधालयमा अध्ययनरत सुस्तमनस्थितीका बिधार्थीहरुलाई झोला बितरण गर्दै प्रमुख अतिथि समेत रहेका कञ्चन गाँउपालिका वडा नं। ४ का अध्यक्ष दुर्गासिंह क्षेत्रीले कञ्चनका हरेक युवाहरुले आफ्नो जन्मदिनको अवसरमा भड्किलो र समाजलाई कुनै प्रभाव नगर्ने , फजुल खर्च गर्ने चलनलाई परिवर्तन गरी समाजलाई प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव गर्ने कार्यक्रम गरी जन्म दिन मनाउने संस्कृतिको बिकास हामी युवाहरुबाटै शुरुवात गर्नु पर्नेमा जोड दिएका छन। कञ्चन जेसिजका अध्यक्ष चौधरीले आफ्नो जन्म दिनको अवसरमा शारिरीक तथा मानसिक रुपमा अशक्त भएका बिधार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्नु सकारात्मक र शन्देश मुलक कार्यक्रम रहेको उल्लेख गरे ।
यसैगरी कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरीलाई जन्म दिनको शुभकामना ब्यक्त गर्दै कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले १८ बर्ष देखि ४० बर्ष उमेर सम्मका हरेक युवाहरुको व्यक्तित्व,नेतृत्व,व्यबसायिक र बिश्व बन्धुत्व भावनाको बिकास गर्ने साझा बिधालयको रुपमा रहेको कञ्चन जेसिजले कञ्चनको हरेक क्षेत्रमा छोटो समयमै आफ्नो फरक पहिचान बनाउन सफल भएको बताए । कञ्चन जेसिजले कञ्चनका ४० बर्ष उमेर समूह भित्रका युवाहरुलाई सामाजिक रुपमा सभ्य र असल नेतृत्व र व्यक्तित्वको बिकास गरी आत्म निर्भर युवा बनाउन सफल उधमी तथा व्यबसायी बन्न प्रोत्साहित गर्ने सामाजिक संस्थाको रुपमा समेत बिकास गर्दै जाने समेत निबर्तमान अध्यक्ष समेत रहेका बिशिष्ट अतिथि बाबुराम पौडेलले बताए ।
कञ्चन जेसिज बर्ष २०२१ की अध्यक्ष राधिका चौधरीले जन्म दिनमा समाजलाई सकारात्मक सन्देश प्रबाह गर्न र जन्म दिनको बहानामा गरिदै आएको फजुल खर्चलाई सामाजिक सेवामा खर्च गर्ने संस्कारको बिकास गर्न आफुले सुस्त मनस्थितिका बिधार्थीहरुलाई स्याहार गर्ने कञ्चनको एकमात्र बिधालय रुद्रपुर माध्यमिक बिधालयमा रहेका बिधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको स्पष्ट पारिन । ूमेरो जन्म दिनको खुशी शारिरीक रुपमा असक्त तथा सुस्त मनस्थितिका बिधार्थी र उनिहरुका अभिभावहरुसंग साट्ने प्रयासलाई मुर्त रुप दिन सहयोग गर्ने कञ्चन जेसिज र रुद्रपुर माध्यमिक बिधालय प्रति हार्दिक आभार व्यक्त गर्दछुू उनले भनिन ।
कञ्चन जेसिज बर्ष २०२१ का कानुनी सल्लाहकार राजन शर्माले आफ्नो जन्म दिनमा समाजमा चलनचल्तीमा रहदै आएको भड्किलो संस्कारको अन्त्यगरी सृजनात्मक कार्यहरु संचालनको शुरुवात गरेका कञ्चन जेसिज बर्ष २०२१का अध्यक्ष राधिका चौधरीलाई धन्यवाद तथा बधाई समेत व्यक्त गरे । यस्तै कोषाध्यक्ष सुमन सुबेदीले हरेक जेसि युवाहरुले जन्म दिन र कुनै बिशेष दिनमा समाजले स्यावास दिने र समाजबाट आशिरवाद प्राप्त हुने कार्यको संस्कार बिकास गर्न आवस्यक रहेको बताए ।
कार्यक्रम कञ्चन जेसिज बर्ष २०२१ का महासचिव माहराज पौडेलको संचालन तथा कञ्चन जेसिज बर्ष २०२१ का खेलकुद संयोजक सुभाष पौडेलद्वारा जेसिज आस्था पाठ भएको थियो ।
प्रकाशित मिति : शनिबार, भाद्र ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्