मन्त्रिपरिषद् विस्तारबारे अन्योल, दिनहुँजसो बालुवाटार धाउँदै शीर्ष नेताहरु

मन्त्रिपरिषद् विस्तारबारे अन्योल, दिनहुँजसो बालुवाटार धाउँदै शीर्ष नेताहरु

काठमाडौं ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागीबीच शनिबार बिहान छलफल भएको प्रचण्ड सचिवालयले जनाएका छ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने काठमाडौंबाहिर रहेकाले बैठकमा सहभागी नभएको यादवका स्वकीय सचिव महेश चौरसियाले बताए। यसअघि शुक्रबार बेलुका पनि मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा देउवा, प्रचण्ड र नेपालबीच छलफल भएको थियो। गत असार २८ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार गठन भएको नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकार हालसम्म विस्तार हुन सकेको छैन। सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन्। यस्तै, माओवादीका तर्फबाट दुई मन्त्री छन्।

निर्वाचन आयोगले एकीकृत समाजवादी रोज्नेका लागि भदौ २२ गतेसम्म समय दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति गठबन्धनका शीर्ष नेताबीच भएको छ। तर, अहिलेसम्म कुन पार्टीले कति मन्त्रालयले लिने भन्ने टुंगो लागेको छैन। त्यसो त बिहीबार एकीकृत समाजवादीका अध्यक्ष नेपालले २३ गतेअघि मन्त्रिपरिषद् विस्तारबारे कसैले चुइक्क नगर्ने बताएका थिए।

शीर्ष नेताहरुबीच भागबण्डा मिल्न नसक्दा ५० दिन काटिसक्दा समेत प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैनन्। देउवा सरकारले पूर्णता नपाउँदै अमेरिकी परियोजना एमसिसीको कारणले गठबन्धनमा विवाद उत्पन्न हुने संकेत देखिएको छ।

एमाले अध्यक्ष ओली सत्ताबाट बहिगर्मनपछि बनेको गठबन्धनको सरकारले पूर्णता पाउन नसक्दा चौतर्फी आलोचना भइरहेको छ। शीर्ष नेतृत्वबीच मन्त्रालय र एमसिसीबारे कुना नमिल्दा प्रचण्ड र नेपाल दिनहुँजसो बालुवाटार धाउन थालेका छन्।

गठबन्धनमा हलचल ल्याउन सक्ने एमसिसीबारे स्पष्ट पार्न सरकारले अमेरिकालाई पत्र समेत काटिसकेको छ। त्यसो त प्रधानमन्त्री देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष ओली र संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङसँग छलफल अघि बढाएपछि गठबन्धनमा चिसो पसेको छ।

प्रकाशित मिति : शनिबार, भाद्र १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij