थारु समुदायले अटवारी पर्व मनाउँदै

थारु समुदायले अटवारी पर्व मनाउँदै

काठमाण्डौ ।

थारू समुदायले आज अट्वारी पर्व मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अट्वारीलाई मनाउने गर्छन्। तीजपछिको पहिलो आइतवार व्रत बस्ने र सोमवार सकिने गर्छ । आइतवार दिनभरि व्रत बसेर दाजुभाइले बेलुका पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्छन् । पर्वको पहिलो रात दरका रुपमा भात, माछा चोखो तरिकाले पकाउने र भाले नबास्दै उठेर खाने चलन रहेको थारू संस्कृतिविद् अशोक थारूले बताउनुभयो । त्यस्तै अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ । परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । पर्वका अवसरमा केही पालिकाले सार्वजनिक बिदा समेत दिएका छन् ।

प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij