सितारा बचत तथा ऋण सहकारीको चौधौं वार्षिक साधारण सभा सम्पन्न

सितारा बचत तथा ऋण सहकारीको चौधौं वार्षिक साधारण सभा सम्पन्न

मणिग्राम

रूपन्देहीको ड्राइभरटोलमा सञ्चालित सितारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा–०३ को चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् सहकारी विज्ञ माधवलाल देवकोटाको आतिथ्यमा आयोजित कार्यक्रम कोविड सतर्कता सहित सञ्चालन गरिएको थियो ।

साधारण सभाले अध्यक्ष ज्ञवालीको प्रतिवेदन, कोषाध्यक्ष पिताम्बर खनालको प्रतिवेदन तथा लेखा समितिका संयोजक कृष्णप्रसाद आचार्यले प्रस्तुत गर्नुभएका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

संस्थाका सदस्य दीपा थापाको सञ्चालन, उपाध्यक्ष रमेशकुमार पराजुलीको स्वागतमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार यादव भण्डारी, गणेश पन्थी, संस्थापक अध्यक्ष रामबहादुर खड्का लगायतले मन्तव्य बोल्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, असोज १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij